‘जापानीज भाषाको पुस्तक अनाधिकृत विक्रि नरोकिए कडा कदम चालिन्छ’



काठमाडौँ। जापानीज भाषाको ‘मिन्ना नो निहोङगो’ नामक पुस्तक नेपालमा प्रकाशन गर्ने अधिकार एम.आर पब्लिकेशन एण्ड डिष्ट्रिब्युसनले पाएको छ। जापानको थ्री ए कप्रोरेशन कम्पनिबाट एम.आर पब्लिकेशन एण्ड डिष्ट्रिब्युसनले सन् २०१९ को जुलाईमा प्रतिलिपि अधिकार पाएको हो।

एम.आर पब्लिकेशन एण्ड डिष्ट्रिब्युसनका प्रवन्ध निर्देशक मेघराज शाहीका अनुसार नेपाल सरकार प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालमा समेत दर्ता गरेर नेपालमा पहिलो पटक आधिकारिक रुपमा उक्त पुस्तक प्रकाशित गरिएको छ।

उनले अगाडिले भने, ‘नेपालमा अनाधिकृत रुपमा प्रकाशित हुँदै आएको उक्त पुस्तक अब एम. आर पब्लिकेशन एण्ड डिष्ट्रिब्युसनले मात्रै प्रकाशित गर्नेछ। राज्यको कानून र नियम निर्देशनलाई लत्याएर फोटोकपिका रुपमा उक्त पुस्तक बजारमा वितरण गरिदै आएको अवस्था थियो। हामीले राष्ट्रिय दैनिक र विभिन्न मिडियाको माध्ययमबाट यस्ता अनाधिकृत र कानून विपरितका कार्यहरुलाई निरुत्साहित गर्न सूचित गरिसकेका छौं।’

उनले अगाडि भने, ‘हामीले विभिन्न मिडियाबाट र सामाजिक सञ्जाल मार्फत उक्त पुस्तकको आधिकारिकताका बारेमा सूचना दिदा पनि बजारमा कालो बजारी रोकिएको छैन। हामीले एक हप्ताभन्दा धेरै समय बजारमा रहेको फोटोकपि पुस्तक विक्रि वितरण नगर्न र नगराउन अनुरोध गरेका थियौं। तर, हाम्रो अनुरोधलाई वास्ता नगरेपछि हामीले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरिय प्रहरी परिसर टेकुमा रिट हालेका छौं। आगामी आईतबार उक्त रिटका बारेमा छलफल हुँदैछ।’

एम.आर पब्लिकेशन एण्ड डिष्ट्रिब्युसन बाहेकले उक्त पुस्तक नियम विपरित छपाई गरेमा छापाखाना, प्रकाशित गर्ने पब्लिकेशन र प्रयोग गर्ने भाषा इष्टिच्युड जो कोही कारबाहीको भागिदार हुनेछन्।