हल्दिवारीमा तीन महिने सिलाई कटाई तालिम सुरु


जलथल। हल्दिबारी गाउँपालिका वडा नम्बर ४ महिला बिकास समितिको आयोजनामा तीन महिने सिलाइ कटाइ तथा डिजाइनिङ्ग तालिम सुरु भएको छ।

बुधबार जलथल पुरानो स्वास्थय चौकी भवनमा उक्त तालिम सुरु भएको छ। वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्य तथा कार्यपालिका सदस्य गिता देवि भण्डारीको अध्यक्षता उद्द्घाटन कार्यक्रम सम्पन्न भएको थियोे। तालिममा २४ जनाले तीन महिनासम्म प्रशिक्षण लिनेछ्न्।

वडा कार्यलयले आत्मनिर्भर बनाउनको लागि यो तालिमको आयोजना गरेको जनाएको छ। महिला बिकास मार्फत छुट्टाएको २ लाख रुपैयामा २ जना प्रशिक्षक मिरा मैनाली र कुमारी घिमिरेले कटिङ तथा डिजाइन सम्बन्धि तालीम दिनेछ्न्।

हल्दिवारी गाउँपालिका ४ नम्बर वडाले यो चालू आर्थिक बर्षमा १ सयलाई सिपमुलक तालीम दिई स्वरोजगार बनाउने लक्ष लीएको कार्यक्रममा वक्ताहरुले जनाएका छ्न।

उद्द्घाटन कार्यक्रममा प्रमुख अतिथी होम चुडाल ,कार्यक्रम अध्यक्ष गिता देवि भण्डारी ,वडा सदस्य महेसलाल मेचेले शुभकामना मन्तव्य राखेका थिए। ॐ कुमारी बास्कोटाले स्वागत गरेको कार्यक्रमको सहजीकरण वडा सचीव जय प्रसाद पोखरेलको रहेकोे थियोे।