बंगलादेशमा रहेका नेपालीले बुझाए मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण पत्र



काठमाडौँ। बंगलादेश भ्रमणमा रहेका परराष्ट्रमन्त्रि प्रदिपकुमार ज्ञवालीलार्इ नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशले ध्यानाकर्षण पत्र बुझाएको छ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशले नेपाली विद्यार्थी भोग्नु परेका समस्या र नेपाल सरकारले निभाउनु पर्ने भूमिकाहरुका बारेमा मन्त्री ज्ञवालीलाई ध्यानाकषर्ण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र

माननीय परराष्ट्र मन्त्रि प्रदिप ज्ञवाली ज्यु,

विषय: बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका समसामयिक समस्याबारे।

सर्वप्रथम बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुको तर्फबाट माननीय मन्त्री ज्यूको बंगलादेश भ्रमणको सफलताको कामना गर्दछौं। यहाँको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझ प्रगाढ बनोस् हाम्रो शुभकामना।

देशमा व्यवस्थित चिकित्शा शिक्षा प्रणाली नहुनुले ,आफ्नै देशमा पढ्ने चाहना हुँदा पनि प्रत्येक वर्ष हजरौं संख्यामा विदेशिन बाध्य हुने गरेका छन्। मेडिकल शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरु ति मध्ये अधिकांश विद्यार्थीहरु बंगलादेश आउने गरेको वास्तविकता यहालाई अवगत नै छ। अहिले बंगलादेश भरि झन्डै ५ हजारभन्दा बढी नेपाली बिधार्थीहरुले अध्ययन गरिरहेका छन्।

मन्त्रिज्युको भ्रमणको बेलाको अवसर पारेर यहाँ बिदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्ययन गर्न आउने नेपाली बिधार्थीहरुले भोग्नु पर्ने केहि समस्याहरु को बारेमा यहालाई जानकारी गराउन जरुरि ठानेर यो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छौँ। आशा छ मन्त्रि ज्युले यी समस्या सामाधानका निम्ति यथाशिघ्र पहल गर्नुहुने छ।

१, बिधार्थी भिसा एक्सटेन्सनमा अनियमितता: बंगलादेशमा MBBS अध्ययनको जम्मा अवधि ६ वर्षको हुन्छ। तर, विद्यार्थीहरुले प्रत्येक वर्ष भिसा शुल्क तिरेर बिधार्थी भिसा एक्सटेन्सन गर्नु पर्ने हुन्छ। एकैचोटी २ वर्षको भिसाका लागि पनि निवेदन दिन सकिने भन्नेछ।

२ वर्षको लागि विद्यार्थीले भिसा शुल्क तिर्छन्। तर, भिसा लिन जादा १ वर्षको मात्रै भिसा पाएको देखिएको छ। सोबारे नेपाली राजदुतावासमा पनि जानकारी गराइसकेका छौँ।

, सम्बन्धित निकायद्वारा नेपाली बिधार्थी भर्नाका निमित कलेजको मापदण्ड नतोकिएकोः बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना गर्न यहाँका कलेजले के-के मापदण्ड पूरा गर्नुपर्छ भन्ने औपचारिक धारणा सार्बजनिक नभएका कारण वर्षेनी थुप्रै नेपाली विद्यार्थीहरु ठगिने गरेका छन्। नेपाली विद्यार्थीहरु भर्ना गर्न, कलेजको पूर्वाधार, हस्पिटल, कलेजको वार्षिक नतिजा, कलेजको छात्रावासको सुविधा आदीबारे अध्ययन नै नगरी नेपाली विद्यार्थी भर्ना लिन स्वीकृति दिनुले विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन्।

३, बंगलादेश सरकारले नेपाली बिधार्थीका निम्ति कुन संकायमा कति छात्रवृति उपलब्ध गराइरहेका छन्। छात्रवृति पाउने प्रक्रिया र मापदण्ड के कस्तो छ ? भन्नेबारे सम्बन्धित निकायले वैज्ञानिक व्यवस्थापन नगरेका कारण केही कन्सल्टेन्सी एवं बिचौलियाहरुबाट सोझा साझा नेपाली विद्यार्थी ठगिने अनि अन्यायमा पर्ने क्रम जारि रहेको छ।

अन्त्यमा, माननीय मन्त्रीज्यूको बंगलादेश भ्रमणबाट हामी सम्पूर्ण नेपाली बिधार्थिहरु निकै नै उत्साहित छौ। हामीले हाम्रो अभिभावकको भ्रमण महसुस गरिरहेका छौँ। अनि आशावादी पनि छौं। बिदेशमा अध्ययनरत आफ्ना नेपाली बिधार्थिहरुको समस्या सामधानमा यहाको भूमिका महत्वपुर्ण रहने छन्। तसर्थ यी समस्याहरु सामाधानका निमित् आफ्नो स्तरबाट पहल गर्न माननीय मन्त्रीज्युसमक्ष बिनम्र अनुरोध गर्दछौँ। धन्यवाद।

                         नवीन यादव
                            अध्यक्ष,
                           नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेश