आज ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस



काठमाडौँ। आज ७०औं प्रजातन्त्र दिवस हो। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी राजधानीको सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भएकी छिन्।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ।

समारोहमा प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए।