महासचिव शाहीको पहलमा एम्बुलेन्स हस्तान्त्रण


कालीकोट। नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीको पहलमा कालिकोटका दुःखी, बिरामी, विपन्न मानिसहरुले  एम्बेलेन्सकाे सेवा पाउने भएका छन्।

राजनीतिसँगै सामाजिक सेवामा क्रियाशिल शाहीको पहलमा एक थान एम्बुलेन्स आगामी फागुन ९ गते औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिने उनले बताएका छन्।

नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्माको सहयोगमा प्राप्त एम्बुलेन्स कालिकोट जिल्ला अस्पतालको समन्वयमा पृथ्वी रक्तदान फाउन्डेसन कालिकोटलाई हस्तान्तरण गर्न लागिएको महासचिव शाहीले बताए।