महरा जेलबाट छुट्दा एमसीसी खारेजको नारा (भिडियोसहित)



 

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीका विरुद्धमा नारा लागेको छ। डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका उनका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका थिए।

केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना सं‌सदमा अघि नबढाएको भन्दै असन्तुष्टि राखेका थिए।