निवर्तमान उपसभामुख डा. शिवमाया कानूनमन्त्रीमा नियुक्त



काठमाडौँ। निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बनेकी छन्। तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछन्। तुम्बाहाङ्फेले कानून मन्त्रीको जिम्मा पाएसँगै कानून मन्त्रालय पूर्वएमालेको भागमा परेको छ।

तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरलाई जानकारी दिए।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए। समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ।