आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ। यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।