समयमै उपचार नपाउदा कालिकोटकी १४ वर्षीया जानकीको निधन



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ स्थित सुन्दरपानी निवासी जगत शाहीकी १४ वर्षयी छोरी जानकी शाहीको असामयिक निधन भएको छ।

जानकीको उपचारको लागि शुक्रबार काटिकोटदेखि सुर्खेत लैजादै गर्दा दैलेखको डुंगेश्वरमा निधन भएको परिवार स्रोतको भनाई छ।

विगत एक महिनादेखि विरामी परेकी जानकीको समयमै उपचार नहुँदा ज्यान गएको हो। सुरुमा घातीमा घाउ देखिएको र पछि रगतसहितको दिशा भएपछि जानकी थला परेकी थिईन्।

उचित सल्लाह र सही समयमा उपचार नहुँदा जानकीले अकालमा मृत्यु वरण गर्न पुगिन्। स्थानीय उपचार पद्धती र स्थानीय मेडिकका सञ्चालकहरुले दिएको औषधी मृत्युको खास कारण बनेको स्थानीय एक व्यक्ति बताउछन्।

उनी भन्छन्,‘उनी (जानकी) बिरामी भएको धेरै भइसकेको थियो। पछिल्ला केही दिनदेखि थला नै परेपछि हामीले उपचारका लागि सदरमुकाम मान्म लैजान सुझाव दिएका थियौं। उनलाई समयमै उपचार गर्न नसक्दा निधन भयो। निको होला भनेर घरपरिवारले भरोसा गर्यो। तर, उनी गम्भिर रोगले थला परिसकेकी रहिछन्। अकालमा ज्यान गुमाईन।’

तस्बिर: प्रदिप बोहराको फेशबुकबाट