नेविसंघ स्ववियु निर्वाचन रोक्ने कसरतमा लाग्यो: रञ्जित तामाङ


इलाम। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्ववियु निर्वाचनलाई रोक्न नेविसंघले भरपुर कसरत गरिरहेको आरोप लगाएका छन्।

शैक्षिक परिर्वतनका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनु पर्नेमा जोड दिदै बिहीबार महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा आयोजित एक कार्यक्रममा तामाङले नेविसंघमाथि
यस्तो आरोप लगाएका हुन्।

स्ववियु निर्वाचनमा हार्ने मानसिकताले नेपाल विद्यार्थी संघले जहिल्यै चुनाव भाढ्ने कोसिस गरेको बताउँदै विभिन्न वहानामा स्ववियु हुन नदिनको लागि नेविसंघ मात्र होइन नेविसंघलगायत अन्य विद्यार्थी संगठन पनि निक्कै कसरत गरि रहेको उनले आरोप लगाए। उनले स्ववियु चुनावमा स्वच्छ प्रतिस्पर्धामा जित्नको लागि मैदानमा आउन नेविसंघलगायतका विद्यार्थी संगठनलाई अनुरोध गरेकोे बताए।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थी संगठनको प्रमुख उपलब्धी र प्रमुख प्राथमिकतामा रहेकोले पनि स्ववियु चुनाव गराउनु पर्ने तामाङले बताए।

कार्यक्रममा बोल्दै उनले भने, ुविगतका वर्षमा नेपाल विद्यार्थी संघले हामीलाई एक वर्ष समय माग्दा दियौँ। यसवर्ष एक महिनाको समय मागेको छ। हामी एक वर्ष समय दिन्छौँ तर यसवर्ष स्ववियु चुनाव कुनै पनि हालतमा हुनुपर्छ। नेविसंघ यो वा त्यो वहानामा मैदानबाट भाग्नु हुँदैन।ु नेपालको शैक्षिक क्षेत्रको प्रत्यक्ष सरोकार राख्ने स्ववियु निर्वाचन शैक्षिक परिवर्तनको लागि पनि हुन आवश्यक रहेको उनले बताएका थिए ।