दुर्घटनामा परी नायिका महिमा र बहिनी शर्मिलाकको निधन



काठमाडौँ। बुधबार नायिका महिमा र उनकी बहिनी शर्मिला सिलवालको स्कुटर दुर्घटनामा परी निधन भएको छ।

काठमाडौँबाट चितवन घर जाँदै गर्दा विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा नायिका महिमा सिलवालको घटनास्थलमा नै मृत्यु भएको र शर्मिलालाइ उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ्।

‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी नायिका महिमाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन्। त्यसयता उनले,” बोइफ्रेन्ड, अप्रिल फुल जस्ता कयौं फिल्ममा अभिनय गरिसकेकी थिइन।