छेपारे राष्ट्रवादसँग सचेत हुनुपर्छ: नेता कार्की



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले छेपारे राष्ट्रवादसँग नेपाली जनलाई सचेत हुन अनुरोध गरेका छन्।

अन्तर्राष्ट्रिय मोटिभेटरसमेत रहेका नेता कार्की पछिल्ला वर्षमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको पक्षमा आफ्ना विचार प्रवाह गर्दै आएका छन्।

अमेरिकी शैन्य रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नभएको भन्दै नेता कार्कीले नेपाललाई शक्ति राष्ट्रको क्रिडा स्थल बनाउनबाट जोगाउनु पर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘पहरा (देशमा) पहारिलो घाम लाग्दा टाउको बाहिर निकाल्ने अनि पहारिलो घाम (माहोल) सेलाउदा भित्र लुक्ने छदम र छेपारे राष्ट्रवादसँग नेपाली सजग हुनुपर्छ। सन्दर्भ एमसीसी।’ .

यो पनि पढ्नुहोस्

एमसीसी पारित नहुँदै साढे ४४ करोड खर्च