वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल



काठमाडौँ। वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन्। फुयाँलको आजै अपराह्न ४ बजे सपथग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो। प्रधानमन्त्री केपी ओलीसँग केहीदिनअघि मुख्यमन्त्री पौडेलले भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन्।

फुयाँल ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए। २०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्षसमेत हुन्।