शर्मिलाको ‘हावा चल्यो’ बोलको गीत सार्वजनिक



काठमाडौँ। सर्जक तथा गायिका शर्मिला तामाङको ‘हावा चल्यो’ बोलको गीत विमोचन गरिएको छ। मंगलबार राजधानीको बौद्ध स्थित डिग इन रेस्टुरेन्टमा विमोचन गरिएको गायिका तामाङले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।

गायिका तामाङको अध्यक्षता एवं पदमबहादुर लामाको प्रमुख आतित्थ्यता उक्त गीतको विमोचन गरिएको हो। पछिल्लो समयको चर्चित गीत ‘पान खायो मायाले चुना हालेर’ की सर्जकसमेत तामाङको शब्द र संगीत रहेको ‘हावा चल्यो’ बोलको गीतमा गायक पासाङ लामाले उनलाई स्वरमा साथ दिएका छन्। यस अर्थमा उनी अब गायिकाको परिचयमा उभिएकी छन्।

निर्देशक शिव बिकको निर्देशनमा रहेको भिडियोलाई अजय रेग्मिले छ्याङ्कन र पदम सुबेदीको सम्पादन गरेका छन्। सुरज घिसिङ र सुजु श्रेष्ठको अभिनय रहेको छ।