चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने



काठमाडौँ। चीनमा रहेका नेपाली नागरिकलाई आगामी फागुन ३ गते स्वदेश ल्याइने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई आगामी फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो। नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलन थालेपछि चीनमा रहेका नेपाली नागरिकलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइने समेत मन्त्री बास्कोटाले जानकारी दिए। स्वदेश ल्याइएका उनीहरुलाई भुक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन समेत भएको छ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताएका थिए। कोरना भाइरसका कारण चिनमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ।