काठमाडौँ। व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ। मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो।
एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ। तर यो असम्भव भने होइन। यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ।
१। मनतातो पानी पिउनुहोस्ः
दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।
२। बदाम
दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।
३। सौफ मिसिएको पानीः
एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ ।
४। दही
दैनिक रुपमा एक कचौरा दही खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ ।
५। हरियो सागसब्जीः
खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।
६। ब्रेकफास्टः
बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।
७। खाना खाँदा पानी नपिउनुहोस्ः
खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।
८। एकैपटक नखानुहोस्ः
खाना खाँदा एकैपटक नखानुहोस् । आफ्नो खानालाई २ वा ३ घण्टाको ग्यापमा खानुहोस् । यसले पेटको फ्याट घटाउँछ ।
९। ग्रीन टीः
ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।
१०। महः
नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।
११। मर्निङ वकः
नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ ।
१२। सोडा खाने बानीलाई त्याग्नुहोस्ः
कार्बोनेटेड पेय पदार्थले तपाईंको पेट बढाउने भन्दा केही फाइदा पुर्याउँदैन । त्यसकारण आफ्नो यस्तो बानी छ भने आजदेखि नै छोड्नुहोस् । यसको सट्टा पर्याप्त मात्रामा पानी पिउनुहोस्।