चौलागाईंको नेतृत्वमा २० जनाको टोली इजरायल प्रस्तान



काठमाडौँ। शैलुङ क्षेत्र सेवा समाजका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा २० जनाको टोली इजरायल प्रस्तान गरेको छ। सोमबार इजरायलको हेल्पिङ ह्याण्ड कोलिएशन नामक संस्थाको अनुरोधमा उक्त टोली त्यसतर्फ प्रस्तान गरेको हो।

देशभरिबाट छनोट भएका २० जनाको टोलीलाई वाग्मती प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल  र रामेछाप जिल्लाका खेलकूद विकास समिति सदस्य सीताकुमारी खत्री (समिता केसी) लगायतले अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गरेका हुन्।

रामेछापको समग्र विकासको लागि ०६९ मा स्थापना भएको उक्त संस्थाका अध्यक्ष चौलागाईंको टोली ७ दिनसम्म इजराइलमा रहनेछ। भ्रमणका क्रममा विभिन्न उद्योग, कलकारखाना, कृषि तथा औद्योगिक क्षेत्रको भ्रमण गर्ने बुझिएको छ।

तस्बिर: समिता केसी