शैलुङ समाज रामेछापद्वारा ईजरायल भ्रमण टोलीको बिदाई



काठमाडौँ। शैलुङ समाज सेवा रामेछापले ईजरायल भ्रमण टोलीलाई बिदाई गरेको छ।

२०६९ सालमा रामेछापको पर्यटन क्षेत्र र समग्र आर्थिक, सामाजिक, विकास निर्माणका क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले स्थापित सैलुङ्ग सेवा समाजले शनिबार राजधानीको बुद्धनगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

सस्थाका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा उक्त भ्रमण तय गरिएको हो। इजराइल भ्रमणका लागि बिदाइ र बधाई कार्यक्रम संस्थाको उपाध्यक्ष पुष्करराज प्रसाईंको अध्यक्षता तथा बनमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रमको सञ्चालन समिता केसीले गरेकी थिइन्।

मन्त्री बस्नेतले इजराएलको भ्रमण अध्ययनबाट सिकेका अनुभवलाई नेपालको विकास पुर्वाधारका क्षेत्रमामा लगाउन सकियोस, टेवा दिन सकोस भन्ने शुभकामना दिएका छन्।

इजराएलको हेल्पिङ्ग ह्यन्ड कोलिय्सन सस्थाको निमन्त्रणामा नेकपा केस तथा सहकारी बिभाग सहसंयोजकसमेत रहेका चौलागाईंको नेतृत्वमा देशभरबाट छनोट भएका मध्य २० जनाको टोलि यहि माघ २७ गते प्रस्थान गर्दैछ।