काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले नेविसंघ स्ववियु निर्वाचनलाई भागवण्डाका आधारमा सम्पन्न गरौं भन्नेमा केन्द्रीत भएको आरोप लगाएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत स्ववियु निर्वाचनलाई व्यवास्ता गरेर नेविसंघ भ्रष्टाचारको मुद्धा लागेको विजयकुमार गच्छदारको बचाउमा लागि रहेको आरोप लगाएकी हुन्।
उनले लेखेकी छन्, ‘नेपाली काँग्रेस संसदमा उभिएर भ्रस्टाचारीलाई किन कार्वाही ? भनेर संसद अबरोध गरिरहेको छ। उसकै भातृ संगठन त्रिवीले तयारी गर्दै गरेको स्ववियु चुनातिर पिठ फर्काएर गच्छदारको जुलसमा ब्यस्त छ।’
उनले अगाडि लेखेकी छन्, ‘चुनाव नै नगरि देउवा, पौडेल र सिटौलाका नाममा ६ जना उपसभापति र ७ वटा महामन्त्रि राखेर भागबण्डा गरेको नेबिसंघले के देशभरका कलेजहरुको स्ववियु पनि विना चुनाव भागबण्डा गरौं भन्न खोजेको हो ? नेविसंघका पछिल्ला कदमहरुले बिध्यार्थी आन्दोलनमाथी नै प्रश्न उठाइरहेकाहरुलाई थप आधार तयार गरिदिएको मात्र छैन। विद्यार्थी आन्दोलनको परम्परा र गौरवमाथी नै इट्टा बर्षाइरहेको छ।’