काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो अवस्थामाप्रति आफू उत्साहित र खुशी रहेको प्रतिक्रिया दिएकी छन्।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रहस्त बनेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार जस्ता सम्पदा निर्माणको अवस्था र प्रगति देखेर आफू उत्साहित भएको प्रतिक्रिया दिएकी हुन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ। नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता रहन्छ।
तस्बिर: मुकुन्द कालिकोटे