गीतकार भुसालको ‘नूतन शैली’ सार्वजनिक



काठमाडौँ। गीतकार नूतन भुसालको चौथो गीतिएल्बम ‘नूतन शैली’ सार्वजनिक गरिएको छ।

शुक्रबार राजधानीको बागबजार स्थित हेलो क्याफेमा उक्त गीतिएल्बम बिमोचन गरिएको हो। वरिष्ठ गीतकार तथा साहित्यकार कृष्णहरी बरालको प्रमुख आतित्थ्यतामा उक्त गीतिएल्बमको विमोचन गरिएको हो।

शुभकामना मिडिया सोलुसन प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार बरालले ‘नूतन शैली’मा समावेश गीत उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘यस गीतिएल्मबमा पाँचवटा गीतहरु समावेश छन्। ति गीतहरु सबै राम्रा छन्। गीतका शब्दअनुसार संगीत र्सिजना गरिएको छ। नूतनजीले शब्दमा उत्कृष्ठ भाव समावेश गर्नुभएको छ। हामीले नामभन्दा पहिले कामको खोजी गर्नुपर्छ। नूतनका र्सिजनामा वास्तविकता भेटिन्छ। प्रेम र रोमान्टिक शैली भेटिन्छ। आमालाई सम्बोधन गरिएका शब्द पनि छन्।’

हाल इजरायलमा बस्दै आएकी गोरखाकी नूतनको शब्द चरना रहेको उक्त गीतिएल्बममा सुनिल मास्केको एकल संगीत रहेको छ। निशा देशार, प्रताप दास, पूर्णिमा लामालगायतका कलाकारहरुको स्वर रहेको छ।

तस्बिर: प्रकाश बराईली ‘अभिव्यक्ति’