व्यक्तिभन्दा राज्य बलियो हो भन्ने कुरा पलाँता सरकारले पुष्ठि गरेको छ: अध्यक्ष बम



कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले राज्यभन्दा व्यक्ति बलियो बन्ने अवस्था हटेको स्पष्ट पारेका छन्। शुक्रबार साँझ रेडियो पलाँता आवाजबाट प्रसारण हुने ‘पलाँता वहस’ नामक कार्यक्रममा बोल्दै अध्यक्ष बमले यस्तो बताएका हुन्।

उनले भनेका छन, ‘परिर्वतनको मुलधारमा उभिएका कालिकोट र पलाँताबासीलाई म एउटा कुरा भन्छु, हिजोका दिनमा राज्यभन्दा व्यक्ति बलियो र पहुँचमा रहेको पाइन्थ्यो। अबका दिनमा त्यस्तो हुँदैन। राज्य, कानून सबैभन्दा माथि छ। त्यसपछि अरु व्यक्ति आउँछ। हिजोका दिनको जस्तै अवस्था छैन। अहिले सर्वसाधारण जनताको लागि राज्य छ। सिंहदरबार गाउँमा आएको छ। यसर्थमा पनि व्यक्तिभन्दा राज्य प्रमुख हो भन्ने कुरामा कुनै दुविधा छैन।’

पलाताँ विकासमा अवरोध आलोचना गर्नेहरु पनि छन, के तपाईंले गल्ति गर्नु भएर हो या आलोचनाका लागि आलोचना गरिरहेका छन् ? भनेर कार्यक्रम प्रस्तोताले सोधेएको प्रश्नको जवाफमा अध्यक्ष बमले भने, ‘म पलाँताका जनताको अपेक्षा, ईच्छा र आवश्यकतालाई ध्यानमा राखेका काम गरिरहेको छु।’

उनले अगाडि थपे, ‘आवश्यकता र वैज्ञानिक रुपमा पलाँतालाई विकास गर्नमा म व्यस्त छु। कोही मेरो आलोचना र कुरा काटेर कस्नु भएको छ भने त्यो मेरा लागि अझ धेरै गर्नुपर्छ भन्ने आर्शिवाद हुन्छ। म विकास निर्माणमा जुटेको छु। उहाँहरु कुरा काट्ने काममा जुट्नु भएको छ। उहाँहरुलाई धन्यवाद छ।’

गापा अधयक्ष बमले आउँदो फागुन १ गते निरा स्मृति कप, खाडा वस्ति हस्तारण र गाडि उद्घाटन कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन्। उनले भने, ‘हालको परिर्वतन १० वर्षे जनयुद्धको जगमा हासिल भएको हो। उक्त फागुन १ लाई ऐतिहासिक दिनका रुपमा मनाउनका लागि गापा जुटिरहेको छ। उक्त कार्यक्रममा उपस्थितिका सबैम अनुरोध गर्दछु।’