कालीकोटका विजयले रचे विश्व रेकर्ड


काठमाडौँ। कालीकोट महावै गाउँपालिका वडा नम्बर ५ का विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड रचेका छन्। विजयले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएए भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका हुन्।

यसभन्दा अगाडिका विश्व रेकर्डधारी अर्पण शर्माले एक मिनेटमा ४२ वटा शब्द बोलेर रेकर्ड राखेका थिए। अर्पणलाई पछि पार्ने भारतका सागर भुजीलाई कालीकोटका विजयले उछिनेर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ।

बिहिबार काठमाडौँको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको हो। कालीकोट दुर्गम भएकाले पनि विजय शाहीलाई यसभन्दा पहिले कसैले चिनेका छैनन्। विजयले अर्पण शर्मा र भारतका भुजीलाई पछि पारेर ५५ सेकेण्डमा ७० वटा शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन्। छ।