जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं संगठन विभाग प्रमुख लक्ष्मण शाहीले आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन लागि प्रभावकारी तयारी थाल्न नेविसंघका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
बिहिबार सामाजिक सञ्जाल फेशबुक मार्फत उनले देशभरका क्याम्पसहरुमा तदारुकताका साथ तयारी थाल्न अनुरोध गरेका हुन्। उनले लेखेका छन्, ‘समय अत्यन्त गतिशील छ। समयको त्यही गति र लयलाई ज्ञान विज्ञान र प्रविधिले पनि अंगाली रहेको हुन्छ। नयाँ पुस्ताका युवा र विद्यार्थीहरु समयको त्यही गति अनुसार अगाडि बढन चाहन्छन्। किन कि ऊनीहरू पनि त्यो समयको ज्ञान बिज्ञान र प्रविधिसँग अभ्यस्त छन्।’
समयको यति र गतिसँग हिडुन सकेको खण्डमा मात्रै सफलता हात लाग्ने नेता शाहीको भनाई छ। उनले अगाडि लेखेका छन्,‘तर, परिस्थिति ऊल्टो छ र आफनो हातमा छैन। यो विपरीत परिस्थितिले अपेक्षित परिणाम दिन सक्दैन र निराशा उत्पन्न गराऊछ। समयसँग परिस्थितिको गति मिल्न नसक्दा (व्यक्ति, संगठन, समाज र देशले पिछडिनूपर्छ। हो समयसँग गति मिल्न नसकेको त्यो परिस्थितिलाई लयमा ल्याऊने चाहना नै राजनीति हो र त्यसको बाहक बन्न खोज्ने व्यक्ति हो नेता।’
उनले लेखेका छन्, ‘माथी भूमिकामा उल्लेख गरीएको परिस्थितिको छायाकपी जस्तै अवस्थामा छ। अहिले नेविसंघ लामो समयपछि नेतृत्व र पदाधिकारी पाएकोमा केही खुशी सगै बाकी पदाधिकारी र कार्य समितिको पुर्णता आजको अत्यन्तै आवश्यकता हो। त्यसैले नेबिसंघको हरेक सिपाहीले परिस्थितिलाई समयको लयमा गति मिलाउने नायकको रूपमा आफूलाई उभ्याउनु आवश्यक छ।स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नेपथ्यमा आइसक्यो, केन्द्रीय समितिले पुर्णता पाएको छैन।’
संगठनको गरिमा र अस्तित्वको रक्षाको लागि दृढ इच्छाशक्तिका साथ स्ववियु निर्वाचनमा भाग लिन आग्रह गर्दै नेता शाहीले लेखेका छन्, ‘केन्द्रीय समितिको अभावमा निर्वाच हुने कलेजहरूको संगठन अस्तव्यस्त छ। त्यसमाथी गुटउपगुटको आत्मघाती पर्खाल संगठनलाई खण्डहर बनाउन उद्धत छ। यता हाम्रो यो अस्तव्यस्तताको बीचमा हाम्रो प्रतिस्पर्धी अखिल एकीकृत ऊर्जा र सताधारी पार्टीको रापताप सहित आफूलाई व्यवस्थित बनाएर लैजादैछ। सम्पूर्ण कलेजका साथीहरूलाई संगठनको अस्तित्व र गरिमाको लागि दृढ़ इच्छाशक्तिका साथ अगाडि बढ्न निबेदन गर्दै सफलताको लागी हार्दिक शुभकामना ब्यकत गर्द्छु।’