ढाका। बंगलादेशको राजधानी ढाकामा तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) को बंगलादेश च्याप्टर गठन भएको छ। परिषद्को संगठन विभाग प्रमुख सामाजिक अभियन्ता सरोज रायको प्रमुख आतिथ्य रहेको थियो।
विभिन्न संघसंस्थामा आवद्ध नेपालीहरु, ढाका र ढाका बाहिर मेडिकल, इन्जिनियरिंग र अन्य संकायमा अध्यनरत विधार्थीहरु, पेशाकर्मी, वरिष्ठ चिकित्सकहरुलाई समेटेर २१ सदस्यीय बंगलादेश च्याप्टर गठन गरिएको हो।
च्याप्टरको संयोजकमा नविन यादव चयन भएका छन्। यस्तै सहसंयोजकमा अजय साह, मनिष गुरमैता र अमन यादव, सचिवमा रिशु गुप्ता, कोषाध्यक्षमा जय जयसवाल, प्रवक्तामा रबिन चौधरी र राजेश्वरी भगत सर्वसम्मतिले चयन भएका छन्।
कार्यकारणी समितिको सदस्यहरुमा सनी सिद्दार्थ सिंह, मनोज यादव, निलम महतो, मनिषा यादव, नेहा यादव, पुजा कर्ण, पंकज कर्ण, समिर श्रीवास्तव, सन्दिप यादव, मो। समिर अली, दुर्गेश यादव, जयन्त यादव र लोकेश्वर चौरसिया चयन भएका छन्।
नेपाल बंगलादेश सम्पर्क समिति पनि गठन भएको छ जसको संयोजकमा डा। राजु साह चयन भएका छन्। आउने दिनमा यस समितिलाई विस्तार गरिनेछ। यस्तै सल्लाहकार समिति पनि गठन भएको छ जसमा व्यवसायी प्रमोद कर्ण, डा। आशिस कुमार राय, डा.समिर कुमार यादव र डा। अमरदीप चौधरी चयन भएका छन्।