आगामी निर्वाचनमा नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउछ: प्रधानमन्त्री ओली



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउने दाबी गरेका छन्।

राजधानीको सभा गृहमा अखिल नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली यस्ताे दाबी गरेका हुन्। प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘सरकारका राम्रा कामलाई कांग्रेसले नकारात्मक रुपमा प्रचार गरिहेरको छ। आगामी निर्वाचनमा पनि नेकपाले दुई तिहाईको स्पष्ट बहुमत ल्याउछ। स्पष्ट दुई तिहाई मत ल्याउनबाट कसैले रोक्न सक्दैन। कसैले नेकपालाई रोक्ने सपना देखेको भए अहिलेदेखि नै तयारी थाले हुन्छ। अचेल नेकपा सरकारका राम्रा पक्षलाई पनि नराम्रो रुपमा प्रचार गर्ने काम हुँदैछन्।’

कार्यक्रममा प्रतिपक्षि कांग्रेसको कडा आलोचनामा उत्रिएका ओलीले राष्ट्रपति विद्या भण्डारीको बचाउ गरेका छन्। प्रधानमन्त्री ओलीले एअपोर्टमा राष्ट्रपतिलाई सोफामा राखेर तस्बिर खिचाएको विषयलाई लिएर सामाजिक सञ्जालमा अनाश्वक प्रचार गरिएको बताए।