विश्व वरियतामा नेपाल यथावत्



काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२ औँ स्थानमा थियो।

टी–ट्वान्टीमा नेपाल ११औँ स्थानसम्म पुगेको छ। टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२औँ स्थानमा रहेका छन्। यसअघि उनी ६०औं स्थानमा रहेका थिए।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा रहेका छन्। यसअघि उनी ८३औँ स्थानमा रहनुभएको रहेका थिए। अलराउण्डरतर्फ पारस २७औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन्। रासस