काठमाडौँ। नेपाली कांगेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि मुगुको रारातालदेखि तारातालसम्म र हुम्लाको हिल्सादेखि बाँकेको जमुना भन्सारसम्म जोड्नुपर्ने सुझाव दिएका छन्।
नेता शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रारातालदेखि तारातालसम्म र हुम्लाको हिल्सादेखि बाँकेको जमुना भन्सारसम्म जोड्दा मात्रै साच्चिकै कर्णाली प्रदेशको साच्चिकै कर्णाली प्रदेशको समृद्धि, सफलता र विकाश सम्भव छ।’
उनले अगाडी लेखेका छन्, ‘हाम्रो रितिरिबाज, धर्म संस्कृति, भेषभुषा, प्राकृतिक सम्भावनाको खोजि प्रर्यटनलगाएत उत्तर, दक्षिण कन्नेक्टिभिटी पनि हाम्रो आबश्यकता हो। सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ।’
पछिल्लो समय बाँके र बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभ्नको लागि चरणवद्ध आन्दोलन भइरहेका छन्। गत पुस ९ गते नेपालगञ्ज उपमहानगरपालिकाले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नका लागि अगुवाइ गर्ने निर्णय गरेको थियो।
स्थानीय राजनीतिक दल, उद्योगी, व्यापारी, कानून व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवाहरुसँगको छलफलपछि नेपालगञ्ज उपमहानगरपालिकाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने अभियानको अगुवाइ गर्ने जिम्मा लिएको थियो।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानको नेतृत्व उपमहानगरपालिकाले लिने मेयर डा. धवलशमशेर राणाले बताए।