नेकपाको बैठकले पारित गर्‍यो ११ बुँदे प्रस्ताव (पूर्णपाठसहित)



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ। बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए।

समसामयीक प्रस्तावमा नोवल कोरना भइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक कदम चाल्न तथा चीनको वुहान सहरमा रहेका नेपालीहरुलाई आपतकालिन रुपमा उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै बैठकले इरान, इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनैपनि समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गर्दै युद्ध वा आक्रमणका गतिविध तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको छ।

पेस भएर पारित भएको समसामयीक प्रस्तावमा २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकासित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ।

समसामयीक प्रस्तावको ८ नम्बर बुँदामा नेकपाले भनेको छ, ‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजका आधारमा ती भूभाग एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्ने,पुर्व सहमति विपरित गरिएको एकपक्षीय निर्ण नेपालका लागि मान्य नहुन स्पस्ट पार्न चाहान्छ।’

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ दिन लामो केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्न सफल भएको भन्दै यसले देशभरका नेता कार्यकर्तामा उत्साह, उमंग र एकताको भावना पैदा गरेको बताए।