बालुवाटारको रात्रिभोजमा उपस्थित हुन नेकपा सांसदलाई ह्विप



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सदस्यहरुलाई रात्रिभोज आयोजना गरेकालाई अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको छ।

नेकपा संसदीय दलले सबै सांसदहरुलाई आइतबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सबै सांसदहरुलाई अनिवार्य उपस्थिति हुन भनेको छ।

“एमसीसी पारित गर्नका लागि एउटै धारणा बनोस् भनेर यो रात्रिभोजको आयोजना गरिएको हुन सक्छ,” एक सांसदले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “प्रमुख सचेतकमार्फत् सबै सदस्यलाई ह्विप जारी गरिएको छ।”

“माघ १९ गते आइतबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ,” सबै सांसदलाई पठाइएको एसएमएसमा भनिएको छ।