प्रहरीको नियन्त्रणमा स्ववियु सभापति जैशी



माघ १८, नेपालगंज 

कैलालीको लम्कीचुहा नगरपालिका ६ मा भएको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती १२ बजे से २ प १८५० नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । चौधरीको मृत्यु पछि स्थानिय र आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका छन । राजमार्ग अवरुद्ध गरी प्रर्दशन गरिरहेको लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी सहित ३ जना लाई प्रहरीले नियन्त्रमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुदा चौधरीको घटनास्थलमै मृत्यु भएको बताए। यता स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिदा चौधरीको मृत्यु भएको बताएका छन्। पुर्ब-पश्चिम राजमार्गको गुलरा सडक-खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर दिएको दावी स्थानीयको छ। चुहामा ब्यापार गदै आएका चौधरी घर आउने क्रममा राती गुलरा सड्क खण्डमा मृत अवस्थामा भेटीए पछि पूर्ब बाट पश्चिम तर्फ जादै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका बताइएको छ। दोषि लाई कारवाहीको माग गर्दै राती देखि नै पीडित परिवार र स्थानियले पूर्ब-पश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुदा अहिले दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन्।