मेडिकल माफियाहरुको दादागिरी बढ्यो: रञ्जित तामाङ



काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले विद्यार्थीबाट बढी रकम असुल्ने मेडिकल कलेज माफियाहरुलाई कडा कारबाही गर्न माग गरेका छन्।

सहसंयोजक तामाङले सामाजिक सञ्जालमार्फत विद्यार्थी लुट्ने मेडिकल माफिया सामू सरकार निकम्मा साबित भएको प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘मेडिकल माफियाहरुले विद्यार्थी लुट्ने कर्म छाडेका छैनन्, नियमनकारी निकाय नेपाल सरकार,आयोग निकम्मा साबित भएको छ।

नियमनकारी निकायले जवाफदेहिता र उत्तरदायित्व बहन गर्न नसक्दा माफियाहरुको दादागिरि बढेको हो। सरकारले तत्काल बढी शुल्क असुल्ने मेडिकल माफियाहरुलाई कारबाही गरोस्।’

उनले विद्यार्थीबाट विभिन्न बहानामा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसँग माग गरेका छन्। सह–संयोजक तामाङले बढी शुल्क लिने माफयाहरुमािथ ठगी मुद्धा चलाउन पनि सरकारसँग माग गरेका छन्।

‘बढी शुल्क लिने माफियाहरुलाई ठगी मुद्दा चलाउन माग गर्दछौ। विद्यार्थीबाट बढि असुलिएको शुल्क फिर्ता गराउन माग गर्दछौं’, उनले भनेका छन्, ‘माफियाहरुको ‘धन्धा’ रोक्न सबै सरोकार पक्षहरुलाई प्रतिबाद गर्न पनि आग्रह गर्दछु।’