काठमाडौँ। नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक एसएसपी शौरभ शमशेर राणा निलम्बित भएका छन्। शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।
यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए।
यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ। एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।