सोमपाल कामीले गरे प्रतिभा घिमिरेसँग विहे


काठमाडौँ। क्रिकेटर सोमपाल कामीले बिहीबार धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका छन्। चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन्। धनगढीमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो।