सभामुख सापकोटा र भारतीय कार्यबाहक राजदूतले डा.अजय कुमारबीच शिष्टाचार भेट


काठमाडौँ। नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा.अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्।

कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन्। आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए। नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि नयाँ राजदूत नियुक्त भएका छ्रैनन्।

यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ। यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन्।