सुर्खेतमा आन्दोलन चर्किएपछि कर्फ्यु जारी



सुर्खेत। सुर्खेतमा जारी आन्दोलनले उग्र रुप दिएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। मंगलबार साँझ ६ः३० देखि बुधबार बिहान ६ः३० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो।

वीरेन्द्रनगर सुर्खेतमा टिपरको ठक्करबाट १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो।

प्रहरीले अनुसार गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन्।