सुर्खेत। वीरेन्द्रनगर सुर्खेतमा टिपरको ठक्करबाट १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो।
प्रहरीले अनुसार गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन्।
कर्फ्युु लगाउने तयारी
सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यो प्रयोजनका लागि बैठक बसिरहेको प्रहरीको भनाइ छ।