गायिका आस्था राउत चार हजार धरौटीमा छुटिन्


काठमाडौँ। सोमबार प्रहरी समक्ष आत्मसर्पण गरेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन्। अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।