सापकोटालाई देउवाले भने, ‘तपाईं पार्टीको होइन, संसदको सभामुख बन्नुहोस्’



‘नव नियुक्त सभामुख अग्निप्रसाद सापकोटाको अग्नि परिक्षा सुरु’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव नियुक्त सभामुख अग्नि सापकोटालाई अमुख पार्टीको सभामुख नभएर सिंगो संसदको सभामुख बन्न सुझाव दिएका छन्।

सभामुख सापकोटालाई निर्वाचित बनेकोमा शुभकामना दिदै सभापति देउवाले हिजो दिनमा जुन पार्टीमा भएपनि अब संसदको सभामुख बनेको भन्दै स्वतन्त्र भएर कानूनअनुसार आफ्नो भूमिका पूरा गर्न आग्रह गरेका छन्।

सभापति देउवाले एमसीसी नेपालको हितमा भएको र तत्काल पास गरेर काम गर्नुपर्ने बताए। उनले भने,‘नेपाल विद्युत उत्पादनको ठूलो सम्भावना बोकेको देश हो। भोलिका दिनमा भारत हुँदै अर्को देशमा विजुली विक्रि गर्ने हो भने आज हामीले एमसीसी पास गर्नुपर्छ। यति ठूलो सहायतालाई किन रोक्ने ? किन आन्दोलन गर्ने?’

उनले भने, ‘म प्रधानमन्त्री हुँदा एमसीसी क्याबिनेटले पास गरेको हो। धेरै अगाडिदेखि सुरु भएको यो परियोजनाले नेपाललाई धेरै सहयोग मिलेको छ’कुनै हालतमा रोक्नु हुँदैन। छिटो पास गरौं।’

सभापति देउवाले एमसीसीलाई सरकारले संसद्‌बाट छिटो पारित गराउने भने पनि नभएको आपत्ति जनाए। ‘सरकारले हुन्छ भनेको छ। तर, किन भइराखेको छैन।’

अमेरिकी यति ठूलो सहयोग पहिलोपटक आउन लागेको भन्दै देउवाले यससँग सैनिकको विषय नजोडिएको प्रस्ट्याए। नेपालको बिजुली बेच्ने हो भने अमेरिकी सहयोग स्वीकार्नुको विकल्प नभएको देउवाको भनाइ थियो।