काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीले छाउगोठ जस्तै सिंहदरबारमा पनि कुरुप पूँजीवादको अन्धविश्वास रहेको स्पष्ट पारेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेशबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सिमित ब्यापारि, सम्रक्षित दलाल र तिनका पर्दा पछाडिका लाभान्स पाउने नेता, कुल मिलाएर ०.१ प्रतिशत मान्छेको हातमा लोकतन्त्रको लड्डु छ। बाँकी मान्छेका खालिहात खप्पर अड्याउने टेको भएका छन्।’
उनले अगाडि लेखेका छन्, ‘यो डिजाइन डिफेक्टेड मेसिनलाई स्वजातीय छिमेकी सत्ताको समर्थन छ े। यिनीहरुको आत्मरक्षाको कवच नबन्न उत्पीडित राष्ट्रिय पुजिपती, ब्यापारि, पेसेवार र सर्वसाधारणमा एउटा नविन चेतना जरुरी छ। राजनीति धेरै भयो। तर, युग चेतना जाग्न जरुरी छ। कथित पार्टी राजनीति र विचार भनिएको अन्धबिश्वासबाट ब्युझन दमन जरुरी छ।’
नेता कार्कीले देशलाई माया गर्नेमाथि राज्यले दमन अपनाएको बताएका छन्। कार्की लेख्छन्,‘किनकी मुक्तिको मह भनेर काल्कुट चाटन लगाएर र सम्व्रिद्धिको सपना देखाएर बेहोस पारीएको छ, आवाज उठाउदा दमन भएको छ, देशलाई माया गर्न नपाउने गरी बन्देज लगाइएको छ। यसरी शान्ती सम्व्रिद्धी र स्वाधिनता हासिल हुन्छ भन्ने भष्य( राजनीतिक होइन। बरु भाष्य एनसेल, यती, भाटभटेनी,एमसीसी, विश्व बैंक, सतलज, पप्पु, आदिको कम्प्युटरमा तयार गरिएका जल्प र बितण्डा हुन्। सबैले अर्को तहबाट सोच्नुछ।’
उनले अन्तीममो लेखका छन् ‘नेपाल शान्ती चाहन्छ, दिगो समतामुलक विकास र आत्मा निर्भरता चाहन्छ। नेपालका यि चाहना र आवश्यकताको बिरोघि कोही ब्यक्ती बिशेष भन्दा पनि आर्थिक सामाजिक बिचौलिया प्रथा हो। छाउगोठ जस्तो, सिंह दरवारमा पनि कुरुप पूँजीवादको अन्धविश्वास हावीछ। सत्ता तेसैको संरक्षक बनेको छ।’