टिपरको ठक्करबाट सुर्खेतमा एक युवकको मृत्यु



काठमाडौँ। टिपरको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको घटना स्थलमै ज्यान गएको हो।

अहिले दोषीलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलित बनेका छन्। टिपरले सिंहलाई करिब २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। वीरेन्द्रनगर ३ गौतम चोकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।