‘मावली गाउँ’ बोल गीतको म्युजिक भिडियो बजारमा



काठमाडौँ। गीतसंगीत बजारमा आउने क्रममा तामांङ् सेलो गीत ‘मावली गाउँ’ बजारमा आएको छ। प्रयास दोङको गीत अनि भिडियो बजारमा आएको हो।

प्रयास दोङ र सुसिता तामाङको स्वरमा रहेको गीतका शब्द हस्त लामाले कोरेका हुन् भने संगीत र संगीत संयोजन प्रयास दोङले नै गरेका हुन्।

भिडियो निर्माणको क्रममा बिक्रम चौहानको निर्देशन र कोरियोगार्फी रहेको भिडियोलाई प्रकाश खड्काको छायांकन र दुर्लभ श्रेष्ठको सम्पादन रहेको छ। भिडियोमा सन्जिब ठकुरी र सुसिता तामाङको दमदार अभिनय रहेको छ।