काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन्। सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई ज्ञापन गरेकी थिइन्। निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए।
एमसीसीको सर्वत्र चर्चा भइरहेको सिखरमा पुगिरहेको बेला राजदुतवासमै पत्रकारहरुलाई बोलाएर नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले कुटनीतिक शैलिमा उक्त परियोजनाको निर्णय गर्ने अधिकार नेपाललाई रहेको थिइन्।
आज मात्रै सभामुखको सपथ ग्रहण लिएर सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहणको कुर्चिमा विराजमान भएका सापकोटालाई भेट्नसमेत भ्याएकी छन्।