सभामुखको शपथविरुद्ध प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मी पक्राउ



काठमाडौँ। नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहणको क्रममा मानवअधिकारकर्मी पक्राउ परेका छन्। सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन्।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै विरोध गरेका थिए। महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरुमा पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेल रहेका छन्। उनीहरुले अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।