गायिका आस्था राउतले गरिन प्रहरी समक्ष आत्मसमर्पण



काठमाडौँ। चर्चित गायिका आस्था प्रहरी समक्ष हाजिर भएकी छन। गायिका राउत सोमबार बिहान टेकुस्थित महानगरिय प्रहरी परिसरको कार्यालयमा हाजिर भएको पह्ररीले जनाएको छ।

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका राउत प्रहरीसमक्ष उपस्थित भएकी हुन्। केही दिन अगाडि अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो।

राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ। उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ। प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो।