एमसीसीविरुद्ध नरहरीनाथ गापामा नेकपाको जनसभा



कालिकोट। जिल्लाको नरहरीनाथ गापामा नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहायता संस्था एमसीसी सम्झौता खारेज गर्न माग गर्दै जनसभा सम्पन्न गरेको छ। राष्ट्रिय स्वाधीनताको पक्षमा आतइबार नरहरिनाथ गाउँपालिको साविक लालुमा जनसभाको आयोजना गरेको थियो।

उक्त जनसभालाई जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदीपले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा राष्ट्रघाती मिलेनियम च्यालेन्ज कप्रोरेशन (एमसीसी) सम्झौता पास गरिएमा नेपालका अमेरिकी दलालहरुको सिरानीमा बम विस्फोट गराइ दिने चेतावनी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले एमसीसी सम्झौता गरेर नेपालको सुरक्षा निकायको ठूलो अपमान हुने गरी अमेरिकी सेनाको क्याम्प राख्ने रणनीतिका विरुद्ध मर्न तयार छौं तर एमसीसी पास गर्न दिन्नौ भन्ने ठोकुवा गरे।

प्रमुख अतिथि बिराटले राष्ट्रघातीहरु सिर ठाडो गरेर हिड्ने राष्ट्रवादीहरु थाक्ने स्थितिको अन्त्य एकीकृत जनक्रान्तिले मात्र गर्ने भएकाले सबै नेपालीहरुले आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने बेला आएको बताए। उक्त जनसभामा केन्द्रीय सामना परिवार र ब्युरो कलाकारले जनवादी तथा राष्ट्रवादी गीतहरुले जनतालाई स्पस्ट पार्ने काम गरेको थियो।