रौतहटका एनसेल टावरमा बम प्रहार, पूर्ण रुपमा क्षेती


काठमाडौँ। रौतहट स्थित रौतहट चन्दपुर नगरपालिका वडा नम्बर २ जुडिबेलामा रहेको एनसेलको टावरमाथि बमप्रहार गरेर आगजनी गरिएको छ। आइतबार राति अबेर उक्त टावरमाथि आक्रमण भएको रौतहट प्रहरीले जानकारी दिएको छ।

उक्त आगजनी नेकपा विप्लवका कार्यकर्ताले गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आगजनीबाट टावर पुर्ण रुपमा जलेको प्रहरीको भनाई छ। त्यस्तै मोरङ्गको केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ।

बम विष्फोट पछि ठुलो आवाज आएको स्थानियले बताएका छन्। दुईदिन अघि मात्रै केराबारी गाँउपालिकाको कार्यालयमा आगजनी तथा बम विष्फोट भएको थियो।