काठमाडाैँ। भारतका कार्यवाहक राजदूतले १४ जना नेपालीलाई ५।९६ करोड रुपैयाँ नगदसहित सम्मान गरेका छन्। कार्यवाहक राजदूत डा। अजय कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई ५।९६ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गर्दै सम्मान गरेका छन्।
भारतीय राजदूतावास, काठमाडौंले आइतबार भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो। सो अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ।
नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्धता दोहोर्याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० पटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ।
तस्बिर: मुकुन्द कालिकोटे