उपमेयर दर्शना भन्छिन्, ‘ओरालो लागेको मृगलाई सबैले खेद्छन् भन्थे हो रहेछ’



काठमाडौँ। कालिकोट तिलागुफा नगरपालिकाकी की उपमेयर दर्शना नेपालीले आफू नहराएको स्पष्ट पारेकी छन्। आइतबार उनले सामाजिक सञ्जाल फेशबुक मार्फत आफू अस्वस्थसमेत रहेको जानकारी दिएकी छन्।

उनले नगरपालिकाका मेयर रत्न शाहीलाई पटकपटक सम्पर्क गर्दा शाही सम्पर्कमा आएर आफ्नो बारेमा कुनै जानकारी नलिएको दुःख व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, ‘सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार! म आराम छैन। तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दैछु।

१. म हरायको पनि छैन।

२. म कतै लुकेको पनि छैन।

३.म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन।

४‍‍‍. उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो।

५. अमेरीकाबाट बारबार फोन गर्दा कार्यालयमा सम्पर्क गर्दा मेयरको फोन कहिले पनि उठेन। प्रमुख प्रशासकिय अधिकृत गद्धव रिजालजिसंग पनि कुरो भएको हो। वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो। कतैबाट केहि प्रतिक्रिया आएन।

६‍. सहयाेग त झन कुरै भएन अमेरिका आउदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कलगर्नु।

७. हुन त २४ घन्टा रक्सीमा डुबि राख्ने मेयरलाई मेरो के मतलव । र याद हुने कुरो पनि भएन र बारबार भिख मागिन।

८. मैले सोचे म बरु मर्छु। तरऽ सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि। किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु प्रभातजी नेपाली र काशी पाण्डे र सुनिता पाण्डे भाउजुले हाल्नु भएको हो । त्यसपछि मैले सरकारको सुक्काे पैसा पनि मलाई चाहिएन।

९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलिअलि चल्न सक्ने भएको छु। यस्को सबै उपचार भारत कि डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ। म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ।

तिलागुफा जनताहरुको माया ममता ममा सधै छ र भैई राख्नेछ। मैले नगर पालिकासंघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने #मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ।

#जसरी भए पनि बाँच्नै पर्ने। देशमा रोगी नेताले सबै पैसा सिध्याय पनि हामीले नै भन्ने । फेरि म उपचार गर भन्न पनि मेरो नैतिकताले दिएन।

त्यसैले मैले सहयोग मागिन। गल्ती गरे माफ माउ। #जिन्दमा अरु केहि नजाने पनि असल मान्छे कमाउन जानेकी छु ।मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई।

१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन। #कृपया मलाई बाँच्न दिनुहोस्। म बाँचे अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई।

अब मेरो बारेका के भन्न मन लाग्छ, लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्। मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ। ‘लेख्न सहयोग: उषा कुमाई’