दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौँ। श्री नेचर केयर रिसर्च एण्ड टिचिङ अस्पताल र नमो क्षेत्रपाल आयूर्वेद हेल्थ होम स्वयम्भुको शाखा बालाजुमा रहेको मैह्पी नमो क्षेत्रपाल आयूर्वेद औषाधालयद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

राजधानीको स्वयम्भु चौक, वुद्धपार्क अगाडि यहि माघ १० र ११ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म शिविर सञ्चालन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

ममता रानाभार र समिता केसी सञ्चालक रहेको अस्पतालका अनुसार लायन्स क्लब अफ काठमाडौँ अर्थ सहआयोजक रहेको उक्त शिविरमा पायल्स, फिसटुला, फिसर, कब्जियत, म्याष्ट्रिक, अल्सर, जण्डिस, पिनास, माइग्रेन, मानसिक रोगका विरामीहरु चेकअप गराएका थिए।

त्यस्तै दम, उच्चरक्तचाप, नासाको समस्या, यौन दुर्वलता, स्त्रीरोग, महिनावरी समस्यालगायतका रोगहरुको स्वास्थ्य चेकजाच गरिएको थियो। उक्त शिविरमा करिब ३ तीन सय जनाले आफ्नो स्वास्थ्य चेकअप गरेको सञ्चालक केसीले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।